प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीले सम्हाले कार्यभार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले पदभार ग्रहण गरेका छन् । बिहीबार प्राधिकरणमा आयोजित एक कार्यक्रममा उनले कार्यभार सम्हालेका हुन् ।

सो अवसरमा सबै उपमहानिर्देशकहरुले एकै स्वरमा नयाँ महानिर्देशक अधिकारीसँग हातेमालो गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।प्राधिकरणमा युवा नेतृत्व आएको भन्दै उनीहरुले प्राधिकरणको छवि उज्ज्वल बनाउन सफलताको शुभकामना पनि दिए ।

प्राधिकरणमा ११ औं तहमा रहेका उनलाई सोमबारको मन्त्रिपरिषद् बैठकले महानिर्देशक पदमा नियुक्त गरेको हो । उनी चार वर्षका लागि सरकार प्राधिकरणको महानिर्देशक बनाएको हो ।कार्यक्रममा उपमहानिर्देशक भोला गुरागाईं, प्रेमनाथ ठाकुर, देवचन्द्र लाल कर्ण, हन्शराज निरौला लगायतले उनलाई सहकार्यको प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनीहरुले गौतमबुद्ध विमानस्थलको सञ्चालन, नयाँ विमानस्थलहरुको निर्माण, सेफ्टी अडिटमा समेत सफलताको शुभकामना दिए ।कर्मचारी युनियनको तर्फबाट श्रवणकुमार यादवले सबै कर्मचारीले महानिर्देशकलाई साथ दिने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..