एमसीसीमा सच्याउनुपर्ने बुँदा माग

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन नतोडेरै एमसीसी पास गर्न चाहेको भन्दै एमसीसीमा सुधार गर्नुपर्ने बुँदाहरु मागेका छन् । प्रधानमन्त्री देउवाले बुधबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा एमसीसीमा सुधार गर्नुपर्ने बुँदाहरु माग गरेका हुन् ।

सत्तारुढ गठबन्धनका दुई पार्टीका अध्यक्षद्वय प्रचण्ड र नेपालसँग बुधबार बालुवटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले एमसीसीमा सच्याउनुपर्ने बुँदाहरु भए लेखेर दिन भनेका हुन् ।बालुवाटारमा छलफलपश्चात सिन्धुपाल्चोकका नेता/कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष नेपालले उक्त कुरा भनेका छन् ।

उनले भनेका छन्, ‘एमसीसीमा कुन–कुन कुराहरू सुधार गर्नुपर्ने छन् भनेर प्रधानमन्त्रीले सोध्नुभयो। सुधार गर्नुपर्ने कुरा उपलब्ध गराउन हामीलाई भन्नुभएको छ ।’प्रधानमन्त्री देउवासँगको भेटघाटमा अध्यक्षद्वय प्रचण्ड र नेपालले हुबहु एमसीसी पारित गर्न नसकिने भन्दै संशोधन गरेर जानुपर्ने भनेका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसीमा सुधार गर्नुपर्ने बुँदाहरु प्रधानमन्त्री देउवाले माग गरेको जानकारी दिए । बैठकपछि सिन्धुपाल्चोकका नेता, कार्यकर्तालाई आफ्नो पार्टीमा स्वागत गर्ने क्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री देउवा पनि गठबन्धनको पक्षमा रहेको र गठबन्धनको सहमतिमै एमसीसी पास गराउने कार्यमा प्रयास भइरहेको बताए । ‘एमसीसीमा कुन–कुन कुराहरू छन् सुधार गर्नुपर्ने भनेर प्रधानमन्त्रीले सोध्नुभयो । सुधार गर्नुपर्ने कुरा उपलब्ध गराउन हामीलाई भन्नुभएको छ,’ अध्यक्ष नेपालले भनेका छन् ।


आफूहरुले एमसीसी संशोधन हुनुपर्ने माग गरिरहँदा प्रतिपक्ष दल एमालेको वास्तविक रुप भने अर्र्कै रहेको पनि अध्यक्ष नेपालले प्रष्ट पारेका छन् । उनका अनुसार एमसीसी हुबहु पास गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्ने गरेका रहेछन् ।उनले भने, ‘एमसिसी हुबहु पास गर्नुस् हामी साथ दिन्छौं भनेर केपीले भन्दा रहेछन् । हामी गलत तरिका अपनाउँदैनौँ। सबै देशसँग राम्रो सम्बन्ध राख्न चाहन्छौं। कसैलाई देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न दिदैनौं।’अध्यक्ष नेपालले पाँचदलीय गठबन्धनमा कुनै शंका नगर्न भन्दै नटुट्ने पनि बताए। उनले भने, ‘पाँचदलीय गठबन्धन टुट्ने भयो कि क्या हो भन्ने अनावश्यक भ्रम र आशंका छन् ।

गठबन्धन टुट्दैन।’अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन टुट्ने भयो कि भन्ने अनावश्यक भ्रम र आशंका फैलिएको भन्दै त्यसबारे ढुक्क हुन आश्वासन दिए ।
नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एमसीसीका विषयमा अनावश्यक हल्ला चलाएर गठबन्धन दलले अन्यौलको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।

बुधबार भक्तपुरमा बसेको एमाले सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको साझा न्यूनतम कार्यक्रममा नै नरहेको एमसीसीका विषयमा अनावश्यक हल्ला चलाएर गठबन्धन दलले अन्यौलको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएका हुन् ।

एमसीसी कसले पास गर्न मान्यो वा मानेन भनेर नक्कली हल्ला चलाएको उनको भनाइ छ । त्यस्तै अध्यक्ष ओलीले एमसीसीको सरकारले लगेको प्रस्ताव रोकेर सभामुखले बुलिङ गर्न खोजेको तर्क गरे । उनले सरकारले लगेको प्रस्ताव सभामुखले रोक्न नमिल्ने भन्दै सभामुखले अनाधिकृत ढंगले हैसियत भन्दा परको काम गर्न खोजेको धारणा पनि राखे ।प्रस्ताव लगेपछि निर्णय गर्ने अधिकार संसदको भएको भन्दै सरकारले गरेको सम्झौतालाई सभामुखले रोक्न नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरी तालिम केन्द्रहरूले व्यावसायिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने : प्रहरी महानिरीक्षक सिंह

प्रहरी तालिम केन्द्रहरूले व्यावसायिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने : प्रहरी महानिरीक्षक सिंह

धनुषा । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीको तालिम प्रदायक संस्थाहरूले कुशल एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ ।  मधेश प्रदेश..