सेनाबाट सफाइमा हिमाल आरोहणको शुल्क नलिइने

काठमाडौं । सरकारले विभिन्न उच्च हिमश्रृंखला सफा गर्न जाने नेपाली सेनाको टोलीलाई हिमाल चढ्दा लाग्ने नियमानुसारको शुल्क (सलामी) नलिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सलामी शुल्क नलिने गरी पर्यटन मन्त्रालयले राखेको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको हो ।

सेनाले विभिन्न समयमा उच्च हिमश्रृंखलामा सरसफाइ गर्दै आएको छ । यसका लागि सरकारले बजेट छु्ट्याउने गरेको छ । साथै सरकारले विभिन्न हिमान चढ्न लाग्ने शुल्क पनि त्यही बजेटबाट लिँदै आएको थियो ।


गत वर्ष पनि सेनाले सफा हिमाल अभियान २०२१ सञ्चालन गरेको थियो । कार्यक्रमअन्तर्गत सेनाले सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लममा सफाइ गरेको थियो । गत वर्षको ३१ चैतबाट सुरु भएको अभियान १४ जेठमा सकिएको थियो । त्यसक्रममा सेनाले कुहिने २ हजार ५०५ किलो फोहोर स्थानीय निकाय तथा समितिलाई र २५ हजार १६६ किलो नकुहिने फोहोर रिसाइक्लिङ एजेन्सीलाई हस्तान्तरण गरेको थियो ।

अभियानको क्रममा धवलागिरि हिमालको आधार शिविरमा २ वटा र सगरमाथि हिमालको क्याम्पमा २ गरी ४ वटा शव पनि फेला परेको थियो । ती शवहरुको उचित व्यवस्थापनका लागि सेनाले सम्बन्धित अधिकारीरुलाई बुझाएको थियो ।


सेनाको यो अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरणीय प्रदूषण तथा जलवायु परिवर्तनको असरलाई कम गर्न धेरै हदसम्म सहयोग पुर्याउने तथा कोभिड–१९ कारण शिथिल बनेको नेपालको पर्यटन व्यवसायमा सकारात्मक ऊर्जाको सञ्चार हुने अपेक्षा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..