जग्गा बिबादमा आमाको हत्या , हत्या आरोपमा छोरा पक्राउ

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-२ का ४८ बर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

यही माघ १२ गते देखी घरैबाट एक्कासी हराएकी भनिएकी बृद्धाको हत्या पछी जलाएको भन्ने सूचनाको आधारमा सुक्ष्म अनुसन्धान गरेको ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले हिजो दिउँसो श्रेष्ठलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई समेत थाहा नै नदिई आफ्नो श्रींमतीको नाममा बनाएको र उक्त कुरा आमा लगायत अन्य भाईहरुलाई जानकारी भए पश्चात अदालतमा मुद्धा समेत परेको तथा अदालतले उक्त जग्गा मध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको हुँदा रिशको आवेगमा आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..