सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

सर्लाही । सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ लच्कास्थित सीमा ईलाकाबाट माघ १७ गते सशस्त्र प्रहरीले ४ सय ९२ वटा नाईट्रोभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्र्दिया जिल्लाको बारबर्दिया नगरपालिका ९ बस्ने २० बर्षिय सचिन सापकोटा छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । यसैगरी सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट माघ १६ गते सशस्त्र प्रहरीले २ सय वटा नाईट्रोभेट ट्याब्लेटसहित सोहि जिल्लाको धरान उपमहानगरपालिका ४ बस्ने २३ बर्षिय युरेस चेङवाङ्गलाई पक्राउ गरेको छ ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध तथा नगद २ हजार ७५ रुपैयाँ समेत फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..