मिर्गौला फेल भएका प्रहरी जवान मधुलाई ट्राफिकको सहयोग

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुवै मिर्गौला फेल भएका प्रहरी जवान मधु खत्रीलाई उपचारार्थ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीको विशेष सक्रियतामा संकलित तीन लाख ७७ हजार रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गरिएको हो ।

संकलित रकम प्रहरी जवान खत्रीकी श्रीमती ट्राफिक महाशाखामा कार्यरत प्रहरी जवान मुना बस्नेतलाई हस्तान्तरण गरेको महाशाखाले जनाएको छ ।महाशाखामा कार्यरत खत्रीको दुवै मिर्गौला फेल भएर उपचारमा खर्च जुटाउन असहज भइरहेको थियो ।

गुल्मी जिल्लाको ईस्मा वडा नं ४ स्थायी घर भई बागबजार बस्ने प्रहरी जवान खत्रीको उपचारमा हुने आर्थिक अभावलाई सहयोग गर्न उपत्यकामा कार्यरत सम्पुर्ण ट्राफिक प्रहरी कर्मचारीहरुले स्वस्फुर्त रुपमा सहयोग रकम संकलन गरेका हुन् ।दुवै मिर्गौलाले काम गर्न छोडेपछि नेपाल प्रहरी लगायतका अस्पतालहरुमा डायलसिस एवं उपचार गराइरहेका खत्रीको स्वास्थ्य अवस्था खस्कँदै गएको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण थप उपचारका लागि सहयोगको सुरुवात गरेको एसएसपी जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..