बहराइन पुर्याएर महिला बेच्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारको प्रलोभन देखाई मानव बेचबिखनमा संलग्न रहेका आरोपी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चन्द्र बहादुर राई भन्ने चन्द्रदिप राई रहेका छन् । उनले एक महिलालाई बहराइनको अस्पतालमा काम लगाइदिने भनी राहदानी बनाउन लगाएका थिए ।

राहदानी बने पश्चात् उनले उक्त महिलाबाट ५० हजार लिएर २०५८ माघ ११ गते बहराइन लगी अल हुब्बेल नामक म्यानपावर एजेन्सीका सञ्चालकलाई जिम्मा लगाएका थिए । उक्त महिलालाई नेपालको मिडिल ईष्ट मेनपावरबाट बहराइनी महिलाले ५०० दिनारमा किनेको अनुसन्धानबाट खुल्न आएको मानव बेचविखन अनुसन्धान ब्यूरो जानकारी दिएको छ ।

बहराइनमा उनले शारीरिक यातना पाएको पनि अनुसन्धानबाट खुल्न आएको ब्यूरोले जनाएको छ ।उक्त महिला विदेशी नागरिकको सहयोगमा साउदी अरेबियास्थित नेपाली राजदूतावासको सहयोगमा नेपाल फर्किएको ब्यूरोले जनाएको छ ।उक्त घटनामा संलग्न रहेका चन्द्रदीप राईलाई ब्यूरोबाट खटिएको टोलीले पुस २१ गते नियन्त्रणमा लिएको थियो ।


अनुसन्धान कार्य सम्पन्न पश्चात काठमाडौँ जिल्ला अदालतको फैसाला अनुसार जीउ मास्ने बेच्ने कार्य ऐन बमोजिम राईलाई सोमबार पुर्पक्षको थुनामा पठाएको ब्यूरोले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..