बहराइन पुर्याएर महिला बेच्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारको प्रलोभन देखाई मानव बेचबिखनमा संलग्न रहेका आरोपी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चन्द्र बहादुर राई भन्ने चन्द्रदिप राई रहेका छन् । उनले एक महिलालाई बहराइनको अस्पतालमा काम लगाइदिने भनी राहदानी बनाउन लगाएका थिए ।

राहदानी बने पश्चात् उनले उक्त महिलाबाट ५० हजार लिएर २०५८ माघ ११ गते बहराइन लगी अल हुब्बेल नामक म्यानपावर एजेन्सीका सञ्चालकलाई जिम्मा लगाएका थिए । उक्त महिलालाई नेपालको मिडिल ईष्ट मेनपावरबाट बहराइनी महिलाले ५०० दिनारमा किनेको अनुसन्धानबाट खुल्न आएको मानव बेचविखन अनुसन्धान ब्यूरो जानकारी दिएको छ ।

बहराइनमा उनले शारीरिक यातना पाएको पनि अनुसन्धानबाट खुल्न आएको ब्यूरोले जनाएको छ ।उक्त महिला विदेशी नागरिकको सहयोगमा साउदी अरेबियास्थित नेपाली राजदूतावासको सहयोगमा नेपाल फर्किएको ब्यूरोले जनाएको छ ।उक्त घटनामा संलग्न रहेका चन्द्रदीप राईलाई ब्यूरोबाट खटिएको टोलीले पुस २१ गते नियन्त्रणमा लिएको थियो ।


अनुसन्धान कार्य सम्पन्न पश्चात काठमाडौँ जिल्ला अदालतको फैसाला अनुसार जीउ मास्ने बेच्ने कार्य ऐन बमोजिम राईलाई सोमबार पुर्पक्षको थुनामा पठाएको ब्यूरोले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..