सिराहा । मुखमा मास्क र एक हातमा ल लिनुहोस् माक्स भन्दै सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र सिरहाका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमिल्सिना एकसाथ सडकमा छन् ।

अर्को हातले मास्क लगाउन ईशारा गर्दैछन् । उनी भौतिक दूरी काम गरेर हिंड्न समेत आग्रह गर्दैछन् । सिराहा जिल्लामा कोभिड सङ्क्रमण बढ्दै गएपछि सोमबार बरियारपट्टि बजार क्षेत्रमा ‘तपाईको मास्क खोई’ अभियान सञ्चालन गर्दै सिडियो कवारी र एसपी तिमिल्सिना नै सडकमा देखिएका हुन् ।

सिडियो र एसपीसहितको टोलीले मास्क वितरण गर्दै सडकमा सर्वसाधारणलाई कोभिड सचेतनासम्बन्धी जानकारी दिँदै उनीहरुसहितको टोली सडकमा देखिएको हो ।
सो अभियानमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी र नेपाल प्रहरीको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा कोभिड जनचेतना सम्बन्धी माइकिङ गर्नुका साथै सर्वसाधरण यात्रु तथा पसलका सेवाग्राहीहरुलाई मास्क लगाउन अनुरोध गरेका थिए।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका प्रमुख व्यक्तिहरु नै सडकमा देखेपछि सबै माक्स वितरण अभियानमाा सहभागी भए ।
सवारी साधन तथा नागरिकहरूलाई मास्क लगाउन र सुरक्षित भएर यात्रा गर्न कार्यक्रम सञ्चालन गरिएको एसपी तिमिल्सिनाले बताए ।

उनले मास्क नलाएकाहरुलाई अनिवार्य मास्क लगाउन र भौतिक दूरी कायम गरेर अगाडि बढ्न आग्रह गरेको बताए ।
यस्तै सिडियो कवारीले कोरोना भाइरसको महामारीबाट जोगिन तथा यात्रामा अनिवार्य मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले सो अभियान शुरु गरिएको बताए । कोरोनाबाट बच्न मास्क, पञ्जा र सेनिटाइजरको प्रयोग अनिवार्य गर्नसमेत उनले आग्रह गरे ।

सिराहाको बरियारपट्टि गाउँपालिका स्थित हुलाकी राजमार्ग सडक खण्डमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणलाई मध्यनजर गर्दै स्थानिय नागरिक, सवारी चालक तथा यात्रुहरु लाई मास्क वितरण तथा कोभिड १९ रोकथाम गरी जनचेतना अभिबृद्धि कार्यक्रमसो अवसरमा गरिएको थियो ।
प्रहरीले मास्क नलगाउने तथा अटेर गर्नेलाई सम्झाइबुझाइ गरी मास्क किन्न लगाएर छोड्ने गरेको छ ।



