भन्सार छलीको मदिरा कारोबारका आरोपी दुईपटक फरार सूचीमा

काठमाडौं । भन्सार छलेर ल्याएको रेड लेबल, एब्सोल्युट भोड्का र ब्ल्याक लेबल बेचेको आरोपमा पक्राउ परेका आरोपी लागु औषध मुद्दामा पनि फरार रहेको खुलासा भएको छ । दरबारमार्ग स्थित भारतीय ब्रान्डको कपडा सोरुम बिइङ ह्युमेनको संचालक मध्येका सन्तोष चन्द्र बाख्रेल लागु औषध ‘ट्रामाडोल’कारोबारी पनि रहेको खुलेको छ ।

लागु औषध ‘ट्रामाडोल’ कारोबार गरेको आरोपमा प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले उनलाई दुईपटक फरार सूचीमा राखेर औषधी व्यवस्था विभागमा मुद्दा दायर गरेको थियो ।गएको वर्ष १९ लाख ट्रामाडोल कारोबार र यसवर्ष २० हजार ट्रामाडोल कारोबारमा बाख्रेल फरार छन् ।

२० हजार ट्रामाडोल सहित ५ जनालाई पक्राउ गरेर व्यूरोले भर्खरै सरकारी वकिल मार्फत औषधी व्यवस्था विभागमा मुद्दा दायर गरेको छ ।शनिवार १ करोड४९ लाख ६० हजार मुल्य बराबरको भन्सार छलीको मदिरा सहित महानगरीय अपराध महाशाखाले बाख्रेल सहित ४ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा ३९ वर्षीय सन्तोषचन्द्र बाख्रेल, ३० वर्षका सैलेश पन्त, २८ वर्षका रविन पाख्रिन र ४० वर्षका नारायण प्रसाद घिमिरे छन् । घिमिरे नेपाली सेनाका पूर्व हवल्दार हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..