प्रदेश १ : भागबन्डा मिलाउन ७ मन्त्रालय फुटाएर १२ बनाइँदै

मोरङ । सत्तारुढ गठबन्धनमा भागबन्डा मिलाउनकै लागि प्रदेश १ का ७ मन्त्रालय फुटाएर १२ पुर्याउन लागिएको छ ।आइतबार बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गरी मन्त्रालय थपघट गर्न लागेको हो ।


आइतबारको उक्त मन्त्रिपरिषद्को निर्णय भने तत्काल सार्वजनिक गरिएको छैन । अहिले नै यसबारे निर्णय बाहिरिए आलोचित हुने मनसायले प्रदेश सरकारले निर्णय गुपचुपमा राखेको छ ।यसअघि बागमती प्रदेशमा पनि भागबन्डा मिलाउनकै लागि मन्त्रालय फुटाएपछि निकै आलोचित बनेको थियो । यहीँ अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारले निकै होसियारपूर्वक कदम चालेको बताइन्छ ।


प्रदेशमा हाल कायम रहेका ७ मन्त्रालयमध्ये भौतिक पूर्वाधार विकास, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई हेरफेर गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..