लागू औषध ब्राउन सुगरसहित तीन जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित सुर्खेतबाट तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले गुर्भाकोट नगरपालिका–८ सुर्खेतका ३२ वर्षीय लक्ष्मण परियार र सोही नगर वडा नं ९ का ३० वर्षीय रमेश ओलीलाई पक्राउ गरेको हो । सोमबार नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको सवारीसाधन म्याजिक रोकी जाँच गर्ने क्रममा परियार र ओलीको साथमा तीन ग्राम ४६० मिलीग्राम ब्राउन सुगर भेटेपछि पक्राउ गरिएको प्रहरी सहायक निरीक्षक जीवानन्द दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुवैलाई भेरीगङ्गा नगरपालिका–१० तोलीखोला प्रहरी चेकपोष्ट नजिकै सार्वजनिक पक्की सडक जाँच गरिएको थियो । बरामद ब्राउन सुगरसहित प्रतिवादी परियार र थापालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा राखेर अनुसन्धान थालिएको प्रहरी सहायक निरीक्षक दाहालले बताउनुभयो ।

त्यस्तै प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतका गोविन्द राईलाई पनि पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतका वडाध्यक्ष रत्नबहादुर बुढा, सोही वडा निवासी बिष्णु गौतम, शिवराम चौधरी, भक्तवीर चुनारा, गणेशबहादुर थापा, कमल चौधरी, बमबहादुर बिसी र नरगैया चौधरीको खेतमा थुपारी राखेको परालको थुप्रामा आगो लगाएको आरोपमा राईलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..