ट्रक र मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु


तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्डमा ट्रक र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।


दुर्घटनामा मोटरसाइकलमा चढेका तनहुँको व्यास नगरपालिका–५ का अनिल मगर र विकास विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड्काले जानकारी दिए ।


उनीहरु सवार ग १८ प ९२९५ नम्बरको मोटरसाइकल र लु १ ख ९८३२ नम्बरको ट्रक गएराति तनहुँको बन्दिपुर गाउँपालिकाको बेल भञ्ज्याङ भन्ने स्थानमा ठोक्किएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..