गृहमन्त्री खाँणद्वारा १२ जिल्लाका प्रहरी प्रमुखसँग शान्तिसुरक्षा र कोभिडबारे टेलिफोन वार्ता

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गर्नुभएको छ ।

गृहमन्त्री खाँणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरी जिल्लाको वस्तुस्थितिबारे जानकारी लिनुभएको हो ।

उहाँले मुख्यगरी प्रहरीमा र समग्र जिल्लामा कोभिड–१९ को प्रभाव, शीतलहर र हिमपातको अवस्था, जिल्लामा सुरक्षा स्थिति, प्रहरीलाई सरकारले उपलब्ध गराउने रासन भत्ता वितरणबारेमा जानकारी लिनुएको प्रहरी प्रमुखले जानकारी दिनुभएको छ ।

सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले मन्त्री खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीको रासन भत्ता शीतलहरको प्रभाव र न्यानो कपडा वितरणबारे जानकारी लिएको बताउनुभयो ।

सप्तरीका प्रहरी प्रमुख अविनारायण काफ्लेले जिल्लामा शान्ति सुरक्षाको अवस्थाबारे गृहमन्त्रीले जानकारी लिनुभएको बताउनुभयो । “जिल्लामा शान्ति सुरक्षाको अवस्था, कोभिड–१९ को अवस्था र प्रहरीको रासन भत्ताबारे मन्त्रीले जानकारी लिनुभयो’’, उपरीक्षक काफ्लेले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..