२१ ग्राम खैरो हेरोइनसहित बाराबाट एक भारतीय पक्राउ


वीरगञ्ज । प्रहरीले २१ ग्राम खैरो हिरोइनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत बिहार मोतिहारी ग्राम पंचायत हरपुर-१२ ग्राम रामपुर बस्ने नन्का हुसेनको छोरा ३२ वर्षीय नबाब हुसेन रहेका छन् ।


भारतबाट नेपालतर्फ आउँदै गरेको BR05AP 6046 नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लागु औषध हिरोइन फेला परेपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको हो ।कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश गुप्ताका अनुसार उनले मोटरसाइकलको भाइजरमा लुकाएर २१ ग्राम खैरो हिरोइन ल्याउँदै थिए ।

पक्राउ परकेा उनीमाथि लागू औषध मुद्दामा बारा जिल्ला अदालतबाट १० दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..