घर बिदामा आएका प्रहरी जवान मृत फेला


पर्सा । पर्सामा घर बिदामा आएका एक प्रहरी जवान मृत फेला परेका छन् । पोखरिया नगरपालिका–१ वनकटवाका रिपुकुमार गिरी आफ्नै साथीको कोठामा मृत फेला परेको हुन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार प्रहरी जवान गिरी बिदामा घर आएका थिए । उनी इलाका प्रहरी कार्यालय परवानीपुर बारामा दरबन्दी भई प्रहरी चौकी कचोवा बारामा कार्यरत थिए ।


गिरीको शव शनिबार उनको साथीको कोठामा फेला परेको डीएसपी खनालले बताए । प्रहरीका अनुसार गिरी शुक्रबार बेलुका ६ बजेतिर घरबाट निस्किएका थिए । भोलिपल्ट शनिबार राति पोखरिया–४ पोखरीया बजार बस्ने साथी जितेन्द्र रौनियारको कोठाभित्र बेहास अवस्थामा फेला परेका थिए । गिरीकै भाइ प्रहरी जवान अरविन्द गिरीले आफ्नो दाइलाई बेहोस अवस्थामा फेला पारी उपचारका लागि नारायणी अस्पताल वीरगन्जमा लगेका थिए ।

अस्पतालमा पुर्याइए पनि तत्कालै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले हालसम्म गिरीको मृत्युको कारण खुलाइसकेको छैन ।डीएसपी खनालले गिरी मृत फेला परेको घरमा बस्ने दुई जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

पक्राउ परेकाहरुको विवरण प्रहरीले खुलासा गरिसकेको छैन ।
‘शवको बाहिरी चोटपटक केही देखिएको छैन, पोस्टमार्टमका लागि पठाएका छौं,’ उनले भने, ‘अब भिसेरा परीक्षण लगायत गरेपछि मृत्युको कारण खुल्नेछ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..