धनुषामा प्रहरीका घुमुवाकाे सेटिङमा तस्करी एसपी रजाैरेलाई यसरी झुक्याउछन घुमुवा


जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी बसन्त रजाैरे प्रहरी संगठनमा इमानदार र सन्जन अधिकृतका रूपमा चिनिन्छन । उनी जहाँ पाेष्टिङ भए पनि कहिल्यै बिबादमा पर्दैनन् । यसपटक पनि धनुषामा उनको हालसम्मको कार्यशैली त्यस्तै छ । उनले तस्करी गिराेहबाट अहिलेसम्म रकम खाएको सुनिएको मात्रै हाेइन देखिएको पनि छैन ।

तर विडम्बना उनको इमानदारीताकाे फाइदा उठाउदै उनले परिचालन गरेका घुमुवा मात्रै हाेइन उनी चढ्ने गाडीका ड्राइभर समेतको सेटिङ र संलग्नतामा धनुषामा तस्करीको लाइन चलेको छ। याेजनाबद्व ढंगले एसपी रजाैरेलाई गुमराहामा पारेर घुमुवाहरूले तस्करीको लाइन चलाएका छन् ।


अहिले धनुषामा घुमुवाकाे कमान्डर छन् सई नागेन्द्र राउत । उनको पृष्ठभूमि धेरै बिबादास्पद मात्रै हाेइन यसअघि जानकी चाैकीमा कार्यरत हुदा आर्थिक लेनदेनमा मुछिएका कारण तत्कालीन एसपी प्रकाश रानाभाटले सई नागेन्द्रलाई नसियत समेत दिएका थिए। तिनै बिबादास्पद सई नागेन्द्रकाे कमाण्डमा हवल्दार उमेश महरा चमार र मनाेज महत्ताे घुमुवा छन् । एसपी रजाैरेकाे गतिविधि र भित्री कुराकाे सुचनाकाे लागि सई नागेन्द्रले एसपीकाे गाडी चलाउने ड्राइभर सिपाही आजाद यादवलाई समेत आफ्नो घुमुवा टिममा समावेश गरेका छन् ।


अहिले धनुषामा तस्करीको लाइन पाउनेहरूमा राजिब महासेठ , दुहबी नाका बाट चाइनिज स्याउ , कपडा , मटर लाखौं रुपैयाँ , सुल्तान एक लाख , नरेश एक लाख , जयकुमार डेढ लाख , शिव नारायण एक लाख , उमेश एक लाख प्रदिप एक लाख , बरतुल्ला एक लाख , सन्तुल्ला एक लाख , नइम एक लाख , सुरेश एक लाख , कलाम पचास हजार छन् भने एक हजार देखि २५ हजार सम्म दिने साना समूह त धेरै छन् ।


एसपी बाहिर चेकिङ वा छड्के निरीक्षणमा निस्के त्यसको सुचना ड्राइभर आजाद यादवले तुरुन्तै सई नागेन्द्रलाई दिने र नागेन्द्रले त्यो सुचना हवल्दार उमेश महरा चमरालाई दिए अनि चमारले तुरुन्तै तस्करी गरिरहेका व्यापारीलाई भनेपछि तस्करी केही घण्टा राेकिन्छ । जब एसपी रजाैरे कार्यालय वा क्वाटर छिर्छन तब फेरि तस्करीको लाइन शुरू भई हाल्छ । तस्करी भैरहेको सुचना एसपी रजाैरेका नपुग्ने पनि हाेइन । पुगेपछि उनलेे सई नागेन्द्रलाई भन्ने नै भए , जुन स्वाभाविकै हो ।

त्यसपछि तस्करीको सामान समातेको देखाउन तिनै तस्करीको लाइन दिएकाहरूकाे थाेरै सामान पक्राउ गरेको देखाउन सई नागेन्द्रले आदेश दिएपछि हवल्दार चमारले बेवारिसे सामान समातेको जस्तो देखाउन एकाध लाखको वरामद पनि गर्छन् ।


यसरी एसपी रजाैरेकाे साेझाेपनकाे फाइदा उठाउदै घुमुवाहरूले तस्करीको ठूलो लाइन चलाएका छन् ।
स्मरण रहाेस कि हवल्दार उमेश चमार यसअघि पनि घुमुवा बसेर धेरै बदनाम भएपछि तत्कालीन डिआइजी धिरज प्रताप सिंहले धनुषाबाट बिरगंज स्थित बिपत्त व्यवस्थापन कार्यालयमा लखेटेका थिए ।

तर अहिलेका डिआइजी उमेश रन्जितकारले धनुषा ल्याएपछि घुमुवा भएका छन् भने ड्राइभर आजादलाई राैतहट स्थित प्रहरी स्कुलमा सरूवा गरेको भए पनि उनी अझै गएका छैनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..