आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १० दिनपछि सर्‍यो

काठमाडौं । आज आइतबारका लागि पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक माघ २६ गते बुधवार दिनको १ बजे बस्ने गरी सारिएको छ ।

मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम यथावत रहेको जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले बैठक माघ २६ गतेका लागि तोकेको संसद सचिवालयका महासचिव भरतराज गौतमद्वारा शनिबार साँझ जारी सूचनामा उल्लेख छ ।

संसद् सचिवालयले आइतबारका लागि सम्भावित कार्यसूची सार्वजनिक गर्नुका साथै कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बोलाइसकेको थियो ।

आइतबारको बैठकको सम्भावित कार्यसूचीमा सहिद तथा पूर्वसांसद जगतबहादुर ताजपुरियाको निधनमा श्रदाञ्जली अर्पण गर्ने र थारू आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..