एसपी रजौरेद्वारा जनकपुर बजारमा मास्क वितरण

सिरहा । जिल्लाका प्रहरी प्रमुख एसपी बसन्त रजौरेले जनकपुरधाम बजारमा मास्क वितरण गरेका छन् । तेस्रो लहरको कोरोना संक्रमण तीव्र गतिमा पैmलिरहेका बेला मास्क लगाउन जनचेतना जगाउने उद्देश्यले बजार क्षेत्रमा मास्क वितरण गरेका हुन् । बजार क्षेत्रमा मास्क नलगाएका बटुवा, व्यापारी, कामदार लगायतलाई मास्क वितरण गरेको एसपी रजैरेले जानकारी दिए ।

मास्क नलगाएका व्यक्तिलाई कोरोना संक्रमणबाट जोगिन र संक्रमण रोकथामका लागि उपयुक्त तरिकाले नियमित मास्क लगाउन आग्रह गरिएको उनले बताए । यसैगरी, स्वास्थ्य मापदण्डको पालना भए नभएको अनुगमनसमेत गरेका छन् । नेपाल सरकारले मास्क नलगाएर सार्वजनिक स्थानमा हिँडडुल गर्नेलाई सय रुपैयाँ जरिवाना गर्न सक्ने निर्णय गरेको छ ।

धनुषामा मास्क लगाउने अभियानलाई प्रभावकारी बनाउन सुरक्षा निकायले ‘तपाईंको मास्क खोई ?’ अभियान सञ्चालन गर्दै आएको छ । सोही अभियानअन्तर्गत बजार क्षेत्रमा प्रहरी उपरीक्षकसहित प्रहरी टोलीद्वारा मास्क वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..