बाराको कलैयामा मालपोत कार्यालयमा भ्रष्टाचार

वीरगञ्ज, । विवेकशिल साझा पार्टी बाराले जिल्ला मालपोत कार्यालय कलैयामा प्रदर्शन गरेको छ । मालपोत कार्यालयमा कर्मचारीहरुले भ्रष्टाचार गरेको भन्दै कर्मचारीहरुलाई खबरदारी गर्न र सेवाग्राहीलाई सचेत बनाउन प्रदर्शन गरिएको विवेकशिल साझा पार्टी बाराका अध्यक्ष डा. सुशिल कुमार साहले बताए ।


अध्यक्ष साहकै नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुले ‘भ्रष्टाचारी कर्मचारी मुर्दावाद, भ्रष्टाचारी कर्मचारी राजीनामा दे, भ्रष्टाचारी कर्मचारीलाई कारवाही गर’ लगायतका नारा लगाएका थिए ।


मालपोत कार्यालयमा सेवाग्राहीसँग रकम लिएर मात्रै काम गर्ने गरेको गुनासो बढ्दै गएपछि विवेकशिल साझा पार्टीले प्रदर्शन गरेको अध्यक्ष साहको भनाई छ ।


भ्रष्टाचारी कर्मचारीकै कारण सरकारी कामकाजमा अनियमितता र ढिला सुस्ती हुने गरेको साहको बुझाई छ । प्रदर्शनमा विवेकशिल साझा पार्टीका नेता एवम् कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..