शिबशक्ति बायोप्लान्टिक प्रा.ली.का ३ जना सञ्चालक फरार

वीरगञ्ज । अवैध उत्पादन र कालोबजारीको आरोपमा शिलबन्दी भएको उद्योगका सञ्चालकहरु फरार छन् । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुरस्थित शिबशक्ति बायोप्लान्टिक प्रा.ली.का ३ जना सञ्चालक सम्पर्कविहिन छन् । भारतीय नागरिक रामाकान्त भारती, कमलकान्त सिंह र सञ्जीत राय यादवको लगानीमा उक्त उद्योग सञ्चालित छ ।

भारतीय नागरिक रमाकान्त भारतीसहितको एक समूहले अर्गानिक भनी मानवस्वास्थ्यका लागि घातक रसायनिक बिषादी नेपालका किसानहरुलाई निर्वाध बिक्री गर्दैआएको खुलेको छ ।तरकारी लगायतका बालीनालीमा छर्किदा मानवस्वास्थ्यमा कुनै हानी नगर्ने अर्गानिक भन्दै गुणस्तरहीन र घातक रासायनिक बिषादी बिक्री गर्ने भारतीय नागरिक रमाकान्त भारतीसहित ४ जनालाई गएको माघ ३ गते चितवन जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको थियो ।

उनीहरुले रासायनिक बिषादीलाई अर्गानिक भन्दै बिक्री विषादी बोकेको ट्रकसहित प्रहरीले भारतीय नागरिक रमाकान्त भारती, भरतपुरका एकबहादुर विक, सर्लाहीका सन्तोषकुमार साहसहित ४ जनालाई पक्राउ गरेको थियो । भारतीले बाराको परवानीपुरमा गोदाम लिएर बर्षौदेखि नेपालमा उत्पादित भनी जुपिटर नामको घातक बिषादी बिक्री गर्दैआएका थिए ।

अग्र्यानिक भन्दै चितवनदेखि देशका तराईका जिल्लामा मानवस्वास्थ्यमै हानी पुर्याउने बिषादी बिक्री गर्ने भारतीसहितलाई चितवनमा पक्राउ गरिएपछि परवानीपुरमा रहेको गोदाममा सिल गरिएको छ । जुपिटर ब्रान्डका नाममा घातक बिषादी बिक्री गर्दैआएका भारतीले बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल र एसपी दिलीपसिंह देउवालाई गोदामको सिल खोल्नका लागि ठूलो रकम घुस दिने प्रलोभन रक्सौलमा बसेर बिचौलियामार्फत् दिइरहेका छन् । भारती भारतीय नागरिक हुन् ।

परवानीपुरको गोदाममा उनीहरुको करोडौंको नक्कली बिषादी रहेकाले सिल खुलाउन उनीहरु सीडीओदेखि एसपीलाई प्रलोभन दिन तल्लीन छन् । सीडीओ र एसपीले अर्गानिक भनेर घातक बिषादी बिक्री गरी जनस्वास्थ्यमाथि गम्भीर खेलवाड गर्नेलाई छाड्न नमानेपछि भारतीसहितको टोलीले कृषि तथा पशुपंक्षी मन्त्री महेन्द्र राय यादवसँग डिल गरिरहेका छन् । मन्त्री रायमार्फत् दबाब दिएर उनीहरु उक्त बिषादीको गोदाम खुलाउन लागेको स्रोतको दाबी छ ।

परवानीपुरको गोदाम खुलाउन र घातक रासायनिक बिषादी निर्वाध रुपमा अर्गानिक भन्दै किसानलाई झुक्याएर बिक्री गर्र्नका लागि रमाकान्त भारतीले अहिले सेटिङका लागि नेतादेखि उच्चपदस्थ कर्मचारीसम्मलाई प्रभावित पार्न खोज्दा नसकेपछि कृषि मन्त्री रायसमक्ष पुगेका छन् । रायका भाइ रविन्द्र यादवसमक्ष उनीहरुले मोटो रकमको प्रलोभन दिई गोदाम खुलाउन कसरत गरिरहेका छन् ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले घातक बिषादी बिक्री गरेको गुनासोपछि गोदाम सिल गरिएको बताए । उनले भने–‘छानबिन समिति गठन गरिएको छ । अर्गानिक भनेर घातक बिषादी बिक्री गरेको ठहर भएमा कारबाही गर्नेछौं । उक्त बिषादी पनि जफत हुनेछ ।’ घातक बिषादीसहित बरामद गरेको ना ३ ख १८९ नम्बरको ट्रक जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ । पक्राउ परेका ४ जनालाई नै सुटुक्क प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको आदेशमा अनुसन्धान नै नगरी माघ ४ मा छाडिएको थियो ।

अर्गानिक भन्ने, घातक रसायनिक बिषादी बेच्ने गिरोहमा को को छन् ? राको परवानीपुरमा गोदाम राखी रमाकान्त भारती, संजित राय यादव र कमलकान्त सिंहले बर्षौदेखि अर्गानिक भन्दै घातक रसायनिक बिषादी बिक्री गर्दैआएको थियो ।यो गिरोहले जुपिटर र धातृ ब्रान्डलाई अर्गानिक भनेर नेपालका प्रायः सबै जिल्लामा मानव स्वास्थ्यका लागि घातक रसायनिक बिषादि बिक्री गर्दैआएको थियो ।

बार्षिक दसौं करोडको घातक बिषादि यो समूहले बिक्री गर्र्दैआएकाले उनीहरुलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने चितवनका कृषकहरुले माग गरेपछि परवानीपुरको गोदाम सिल गरिएको थियो ।त्यतिमात्र होइन, यो समूहले जील ब्रान्डमा बालीनालीका लागि भिटामिनयुक्त मल समेत बिक्री गर्दैआएको थियो । तर उक्त भिटामिन पनि रसायनिक नै भएकाले त्यसमा पनि छानबिन गरी कडा कारबाही गरिएको छ ।


उद्योगमा भने जिल्ला प्रशासन कार्यालय बाराले शिलबन्दी गरेको छ । उद्योगका सञ्चालकलाई सम्पर्कमा आउन आग्रह गर्दा अहिलेसम्म पनि नआएको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी देवराज सेढाईँले जानकारी दिए । उनका अनुसार एकजना उद्योगका सहायकलाई कागजात सहित उपस्थित गराएपछि अहिलेसम्म उद्योगको शिलबन्दी भने खोलिएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..