नेपालमा चौतर्फी बिरोध भएपछि भारतले दशगजामा बनाएको सुरक्षा पोष्ट हटायो

विराटनगर । चौतर्फी विरोध भएपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल–भारत सीमा क्षेत्रको दशगजामा निर्माण गरेको सुरक्षा पोष्ट हटाएको छ ।

दशगजा क्षेत्रमा भारतले कुटनीतिक मर्यादा र अन्तर्राष्ट्रिय कानुनविपरित दसगजामै पोस्ट बनाएको भन्दै नेपालमा चौतर्फी विरोध भएपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल–भारत सीमा क्षेत्रको दशगजामा निर्माण गरेको सुरक्षा पोष्ट सोमबार हटाएको हो ।

एसएसबीले विराटनगर महानगरपालिका–१६ दरैया र जोगवनीको टिकुलिया बस्तीबीचको दशगजामा सुरक्षा पोस्ट निर्माण गरेको थियो । त्यहाँ हतियारसहितका सुरक्षाकर्मी तैनाथ हुँदै आएका थिए ।

विराटनगर–१६ का वडा अध्यक्ष मनोज सुब्बाले भारतीय पक्षले दशगजामै भारतीय सुरक्षाकर्मीको पोस्ट राखेको विषयमा इलाका प्रहरी कार्यालय रानी र शसस्त्र प्रहरी बलको सीमा सुरक्षा टोली जानकारी गराएका थिए ।

नेपाल भारतको क्षेतमा रहेको दशगजा क्षेत्रमा भारतले पोस्ट बनाएको सुचना प्राप्त हुनासाथ नेपालस्थित स्थानीय प्रशासन र सुरक्षा निकायका अधिकारीहरुले त्यसको अनुगमन गरेको थियो। अनुगमनका क्रममा अन्तरराष्ट्रिय कुटनीतिक मान्यता, नियम र कानून विपरीत भारतले दशगजामा भारतले पोस्ट निर्माण गरेको देखिएपछि बिरोध जनाउदै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहित जिल्लास्थित सुरक्षा निकायको समन्वयमा उक्त पोस्ट हटाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..