घाँटी थिचेर हत्या, हत्यामा संग्लग्न पक्राउ


मोरङ । मोरङको बेलवारी नगरपालिका-९ डाँगा बजारका ३५ बर्षीय जय बहादुर खत्रीलाई आफनै बुबाको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । बुधवार राती साँढे १० बजेको समयमा खत्रीले आफ्नै बुबा ८० बर्षीय दल बहादुर खत्रीको घाँटी थिचेर हत्या गरेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले खत्रीलाई पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरेर आएका खत्रीले घरायशी बिषयमा बुबासंग बादबिबाद गरेको र बादबिबादकै क्रममा रिशको आवेगमा घाँटी थिच्दा दल बहादुरको घटनास्थलमा नै मृत्यु भएको थियो ।

यसरी हत्याको आरोपमा पक्राउ परेका खत्रीको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..