लागूऔषधसहित महतो पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर १३ बलिरामपुर निवासी ३७ वर्षीय निरज कुमार महतो रहेका छन् ।


महतोलाई प्रहरीले सोमबार दिउँसो वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियाबाट पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले पैदल हिडेर भारतबाट नेपाल आइरहेको महतोमाथि शंका लागेर उनले बोकेको झोला चेकजाँच गर्दा कालो प्लाष्टिकमा लुकाइछिपाई ल्याएको लागूऔषध नुफ्रिन ८० एम्पुल, डाइजीपाम ८० एम्पुल र फेनारगण ८० एम्पुल गरी जम्मा २४० एम्पुल फेला पारेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।


महतोलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको डिएसपी खनालले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..