लुभुघाटबाट ४० लाख जरिवाना फैसला भएका श्रेष्ठ पक्राउ


रामेछाप । उच्च अदालत पाटनबाट बैङ्किङ कसुर मुद्दामा रु ४० लाख जरिवाना र १० दिन कैद तोकिएका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।


उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैङकिङ् कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र रु ४० लाख जरिवानाको फैसला गरेको थियो ।सोही फैसला कार्यान्वयनका क्रममा प्रहरीले रामेछाप जिल्लाको सुनापती गाउँपालिका–५ घर भई हाल काठमाडौँ बस्ने ४४ वर्षीय श्रेष्ठलाई आज पक्राउ गरेको हो ।


हालसम्म फरार भएका प्रतिवादी श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले आज दिउँसो विशेष सूचनाको आधारमा रामेछापको लुभुघाटबाट पक्राउ गरेको हो ।


काठमाडौँमा लुक्दै बस्ने गरेका प्रतिवादी श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्याएर पीडितलाई चेक दिएका थिए ।


फैसला कार्यान्वयनको लागि आजै श्रेष्ठलाई रामेछाप जिल्ला अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङगानाले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..