भ्रमण भिसाको दूरुपयोगबाट हुने मानवतस्करीलाई रोक्न कार्यदल बनाइने

काठमाडौं । गृह मन्त्रालयले भ्रमण भिसाको दूरुपयोग गरी हुने गरेको मानवतस्करीलाई रोक्न कार्यदल बनाउने भएको छ । सिंहदरबारमा मंगलबार बसेको गृह मन्त्रालय, श्रम मन्त्रालय तथा सरोकारवाला निकायसहितको छलफलमा गृह मन्त्रालयले मानवतस्करीलाई रोक्न कार्यदल बनाउने जनाएको हो ।


छलफलमा गृहमन्त्री बालकृष्ण खाँणले भ्रमण भिसाको दूरुपयोग गर्दै मानवतस्करी हुने गरेको र यसले गर्दा विभिन्न मुलुकमा नेपालीहरुले दुःख पाउने गरेको बताए । भ्रमण भिसालाई दूरुपयोग हुन नदिनका लागि कार्यदल नै बनाएर नियमन गर्नुपर्ने उनको भनाइ छ ।


मन्त्री खाँणले भ्रमण भिसामा गएर काम गर्ने र पछि समस्यामा पर्ने देखिएकाले यसमा सरकार गम्भीर रहेको भन्दै भ्रमण भिसालाई अन्य प्रयोजनमा दूरुपयोग नगर्न सजकता अपनाउनुपर्ने बताए ।


त्यस्तै श्रममन्त्री कृष्ण कुमार श्रेष्ठले वैदेशिक रोजगारमा गएका नेपालीहरुमाथि विचौलियाहरुले ठगी गरेको उल्लेख गर्दै १० हजार शुल्कका बिषयमा पनि अब पुनरावलोकन गर्नुपर्ने देखिएको धारणा राखे । बैदेशिक रोजगारमा गएर समस्यामा परेका नेपालीको समस्या सम्बोधन गर्न छुट्टै निकायको आवश्यता देखिएको उनको भनाइ छ ।


कार्यक्रममा सरोकारवालाहरुले सेटिङमा हुनेगरेको मानवतस्करी रोक्न चुनौती देखिएको भन्दै सबै निकायबीच समम्वयनकारी भूमिका हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..