केएमसी र नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न माग विद्यार्गीहरुको माग

काठमाडौं । विभिन्न विद्यार्थी संगठनहरुले काठमाडौं मेडिकल कलेज (केएमसी) र विराटनगरको नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न माग गर्दै काठमाडौं प्रशासन कार्यालयमा मागपत्र बुझाएका छन् ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियूलगायत विभिन्न ८ विद्यार्थी संगठनहरुले नियम विपरित अतिरिक्त शूल्क लिएका दुई कलेजलाई ठगी मुद्धामा कारवाही अघि बढाउन मागपत्र बुझाएका हुन् ।

केएमसी र नोबेलले विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगले तोकेबमोजिमको शुल्क बुझाउँदा पनि एमबीबीएस, बीडीएस र बीएनएसका सन् २०२१ ब्याचका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको, गैरकानूनी र गुण्डागर्दी शैलीमा बिभिन्न बहानामा अतिरिक्त शुल्क तिर्न बाध्य बनाएको र नियम विपरित छात्रावासलाई अनिवार्य बनाइएको उनीहरुको आरोप छ ।

मेडिकल कलेजले चर्को मुल्य असुल गरिरहेको भन्दै विद्यार्थी संगठनहरु आन्दोलित छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..