देवदहको घोडाहा जंगलमा दुईजनाको शव

बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको छ ।एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा मंगलबार दिउँसो भेटिएको हो ।

शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गंगा सारुले जानकारी दिए ।

शबको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको उनले बताए । उनीहरु आमाछोरी हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..