श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ


धनकुटा । धनकुटाको धनकुटा नगरपालिका-४ छारागाँउका ५५ बर्षीय सिताराम श्रेष्ठ, श्रीमतीको कर्तब्य गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन । गत पौष १६ गते बेलुका ५ बजे देखि धनकुटा ४ कि ५५ बर्षीया सिता श्रेष्ठ हराई बेपता भएको हुलिया निबेदन परेसंगै जिल्ला प्रहरी कार्यालय धनकुटाले खोजतलास शुरु गरेको थियो ।


खोजतलासकै क्रममा श्रीमान समेत घरबाट हराएको पाएसंगै सुक्ष्म अनुसन्धान शुरु गरेको प्रहरी टोलीले सिताराम श्रेष्ठलाई काठमाण्डौबाट माघ ९ गते पक्राउ गरेको थियो । श्रेष्ठ पक्राउ परेसंगै सोधपुछको क्रममा श्रीमतीलाई आफैले हत्या गरी घर भित्र नै गाडेको भनी बयान दिएसंगै उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक सहितको टोली खटि गई उत्खनन गर्दा सिता श्रेष्ठको शव घर भित्रै खाल्डो खनी गाडेको अवस्थामा फेला परेको हो ।

यसरी श्रीमतीको हत्या गरी आफैले खाल्डो खनी घर भित्रै गाडेर फरार भएका श्रेष्ठलाई कर्तब्य ज्यान मुद्धामा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..