प्रचण्डलाई भेट्न खुमलटार पुगे बर्षमान पुन

काठमाडौं । स्वास्थ्य उपचारको लागि लामो समयदेखि चीनमा रहेका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन:ले नेपाल आउने बित्तिकै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन्। प्रचण्डको सचिवालय स्रोतका अनुसार नेता पुन मंगलबार बिहानै अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । सोमबार मात्रै स्वदेश फर्केका पुनलाई अध्यक्ष प्रचण्डले भेटवार्ताको समयमा पूर्ण स्वास्थ्य लाभको कामना समेत गरेका थिए।

खुमलटारमा नेता पुनलाई खादा लगाएर स्वागत गरिएको थियो। वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सक र प्रचण्डको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए ।

बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि उनलाई १० मंसिरमा चीन लगिएको थियो।चीनमा स्वास्थ्योपचार गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा पत्रकारसँग कुराकानी गर्दै नेता पुनले पार्टी महासचिवमा आफ्नो दाबी रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..