शेखर समूहको निष्कर्ष : नेपाली कांग्रेसले गठबन्धन गरेर होइन एक्लै चुनाव लड्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी चुनावमा गठबन्धनसँग नमिलिकन एक्लै चुनाव लड्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार शेखर समूहको बसेको भर्चुअल बैठकले सभापति शेरबहादुर देउवाको एक्लौटी निर्णयविरुद्ध उभिँदै आगामी निर्वाचनमा कांग्रेस एक्लैले चुनाव लड्नुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकमा सहभागी भएका नेताहरुले निर्वाचनको मितिका विषयमा सभापति देउवाले पार्टीमा कुनै छलफल नगरेको भन्दै आक्रोश पोखेका थिए ।कांग्रेसलाई असर पार्ने विषयमा सभापति देउवाले कुनै विचार नगरी स्थानीय तहको निर्वाचनका बारेमा गठबन्धनसँग निर्णयमा पुग्न नहुने नेता अर्जुन नरसिंह केसीले बताएका छन् ।

उनका अनुसार निर्वाचनजस्तो गम्भीर विषयमा सभापतिले पार्टीमा छलफल गर्नुपर्ने भए पनि पार्टीमा छलफल नै नगरेर गठबन्धनका नेताहरुसँग छलफल गरेर निर्णयमा पुग्ने काम भएको छ ।


बैठकमा शेखर कोइरालासहित महामन्त्री गगन थापा, नेताहरु डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, डा. रामशरण महतलगायतका नेताको सहभागी रहेका थिए । शेखर समूहले स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने पनि बैठकमा छलफल गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..