स्वतन्त्रताको १०० औं वर्षभित्र नयाँ भारत बनाउने मोदीको घोषणा


काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत स्वतन्त्रताको एक सयौं वर्षभित्र ‘नयाँ भारत’ बनाउने घोषणा गरेका छन् ।सुभाषचन्द्र बोसको १५९ औं जयन्तीको अवसरमा आइतबार इण्डिया गेटमा उनको प्रतिमा अनावरण गर्दै मोदीले सो घोषणा गरेका हुन् ।


कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले भने, ‘नेताजी -सुभाषचन्द्र बोस)ले स्वतन्त्र भारतको सपनाको विश्वास कहिल्यै नगुमाउनु भन्नुहुन्थ्यो । आज हाम्रो सामु स्वतन्त्र भारतको सपना पूरा गर्ने लक्ष्य छ । हाम्रो सामु स्वतन्त्रताको सयौं वर्षभन्दा अगाडि नयाँ भारत निर्माणको लक्ष्य छ ।’
सुभाषचन्द्र बोसको ‘गर्न सकिन्छ, गर्छौं’ भन्ने भावनाबाट प्रेरणा लिएर अघि बढ्न पनि सबैलाई अपिल गरे ।

इण्डिया गेटमा हाल डिजिटल होलोग्रामको रुपमा सुभाषचन्द्र बोसको प्रतिमा अनावरण गरिएको र केही दिनपछि ग्रेनाइटको प्रतिमा राखिने मोदीले बताएका छन् ।सुभाषचन्द्र बोस भारत स्वतन्त्रता संग्रामको अग्रणी नेता हुन् । उनले भन्ने गरेको ‘जय हिन्द’को नारा भारतको राष्ट्रिय नारा बनेको छ ।

द्वितीय विश्वयुद्धको क्रममा अंग्रेजविरुद्ध लड्न उनले जापानको सहयोगमा ‘आजाद हिन्द फौज’ गठन गरेका थिए । ‘तिमी मलाई रगत देऊ, म स्वतन्त्रता दिन्छु’ भन्ने उनको नारा पनि अत्यधिक चर्चित थियो । सुभाषचन्द्र बोसलाई भारतवासीले ‘नेता जी’ उपनामले सम्बोधन गर्दछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..