मुद्दा नचलाइ छाडेको अभियोगमा इन्स्पेक्टरको जिम्मेवारी खोसियो


काठमाडौं। महानगरीय अपराध अनुसन्धान महाशाखाअन्तर्गत रहेर प्रहरी परिसर, ललितपुरमा कार्यरत प्रहरी निरीक्षक सानुकान्छा रम्तेल जिम्मेवारीबाट हटाइएका छन् ।

चोरीको घटनामा आरोपीलाई मुद्दा नचलाइ छाडेको अभियोगमा छानविनका लागि उनलाई जिम्मेवारीबाट हटाइएको महाशाखाका एसएसपी वसन्तबहादुर कुँवरले बताए ।प्रहरीका अनुसार ललितपुरको गोदावरीमा सुजन बराइलीले सञ्चालन गरेको सुन पसलमा केही अघि चोरी भएको थियो ।

घटनामा उनले आरोपीलाई पक्राउ गरेर मुद्दा चलाउनुको सट्टा सुनवापतको रकम तिराएर छाडिएको भन्दै अपराध महाशाखामा सूचना पुगेको थियो ।


‘उनीविरुद्ध केही प्रश्न उठेपछि एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा छानविन समिति बनाएर अनुसन्धान भइरहेको छ’ कुँवर भन्छन्, ‘समितिले दिएको प्रतिवेदनका आधारमा दोषी देखिए कारबाही हुन्छ ।’

हाललाई रम्तेलको ठाउँमा महाशाखाको बानेश्वरस्थित कार्यालयमा कार्यरत निरीक्षक केशव बाह्रकोटीलाई ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..