हास्य कलाकार मनोज गजुरेलमाथि ठगी प्रयास !

काठमाडौं । वरिष्ठ हास्य कलाकार मनोज गजुरेमाथि अन्तर्राष्ट्रिय ठग गिरोहबाट ठगीको प्रयास भएको छ ।

उनले सामाजिक संजाल फेशबुकमा आफूमाथि ठग्ने प्रयास भएको जानकारी दिएका छन् । कलाकार गजुरेलले कल आएको नम्बरसहितको मोवाइल स्क्रिन सट सार्वजनिक गर्दै ठगी गर्ने गिरोहसँगको संवाद समेत सार्वजनिक गरेका छन् ।

गजुरेलका अनुसार ठगी गिरोहले फोन गरेर ‘म काैन बनेगा करोडपति मार्केटिङ अफिसर राहुल’ भनेको र उनीसँग कुराकानी अघि बढाउँदा तपाईँको नम्बर भाग्यशाली नम्बरमा १ लाख परेको र उक्त पैसा निकाल्नुअघि तपाईँले पैसा पठाउनु पर्ने भनेको उल्लेख गरेका छन् ।

सोका लागि पैसा पठाउनका लागि एनआईसी एशिया, ग्लोबल आइएमई, प्रभू बैंक, इभरेष्ट बैंक इत्यादि प्रयोग गर्न सक्नुहुनेछ भनी बताउँदै यदी नभए खाता खोल्न या खात नम्बर दिलाउन उक्त गिरोहले अनुरोध गरेको उल्लेख गरेका छन् ।

तर आफूले ठग भनि पहिचान गरिसकेकोले आफू नफसेको उनले उल्लेख गरेका छन् । नेपालमा चेतनाको कमी, अनभिज्ञता र अर्थिक प्रलोभनका कारण अनलाईन ठगी हुनेहरुको संख्या बढ्दो छ । दिनहुँ जासो यसरी धेरै नेपालीहरु ठगिने गरेको नेपाल प्रहरीलेसमेत बताउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..