प्रतिवन्धित लागुऔषध सहित १ जना महिला पक्राउ


पाँचथर । पाँचथरको फिदिम नगरपालिका-१ स्थितबाट ८ ग्राम प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका-१ कि ३२ बर्षीया देवि लकान्द्री रहेकि छिन ।

हिजो राती साढे ७ बजे जिल्ला प्रहरी कार्यालय पाँचथरबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले लकान्द्रीको कोठा चेक जाँच गर्ने क्रममा डिजिटल तराजु १ थान र निजले लगाएको सुरुवालमा लुकाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ८ ग्राम बरामद गरेको हो ।


ब्राउन सुगर सहित पक्राउ परेकि लकान्द्रीको जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..