प्रतिवन्धित लागुऔषध सहित १ जना महिला पक्राउ


पाँचथर । पाँचथरको फिदिम नगरपालिका-१ स्थितबाट ८ ग्राम प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका-१ कि ३२ बर्षीया देवि लकान्द्री रहेकि छिन ।

हिजो राती साढे ७ बजे जिल्ला प्रहरी कार्यालय पाँचथरबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले लकान्द्रीको कोठा चेक जाँच गर्ने क्रममा डिजिटल तराजु १ थान र निजले लगाएको सुरुवालमा लुकाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ८ ग्राम बरामद गरेको हो ।


ब्राउन सुगर सहित पक्राउ परेकि लकान्द्रीको जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..