धारीलो हतियार प्रहार गरी श्रीमतिको हत्या


सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-१ का ३२ बर्षीय कालु प्रसाद उराउलाई धारीलो हतियार (तरवार) प्रहार गरी श्रीमतिको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

माघ ७ गते राती १२ बजे उराउले आफ्नै श्रीमति ३२ बर्षीया चन्द्रकला उराउलाई तरवारले घाँटी तथा शरिरको बिभिन्न भागमा प्रहार गर्दा चन्द्रकलाको घटना स्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लौकहरीबाट प्रहरी टोली खटि कालु प्रसाद उराउलाई नियन्त्रणमा लिएको छ ।

निज कालु उराउ मानसिक रोगि भएको बुझिन आएको र घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईहरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..