स्काभेटरले झारेको ढुंगाले बोलेरोलाई किच्दा ३ जनाको मृत्यु, ३ जना घाईते


ओखलढुंगा । ओखलढुङगा सिद्धिचरण नगरपालिका ३ असिने स्थितमा बोलेरोलाई स्काभेटरले झारेको ढुंगाले किच्दा बोलेरोमा सवार ३ जनाको मृत्यु र ३ जना घाईते भएका छन् । आज बिहान ९ बजे निशंखेबाट ओखलढुंगा तर्फ आउदै गरेको को १ज ३५६९ नम्बरको बोलेरो गाडीलाई सडकको १०० मिटर माथिबाट स्काभेटरले ढुंगा निकाल्ने क्रममा ढुंगा झरी उक्त बोलेरो गाडीलाई किचेको थियो ।

सो दुर्घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि गई बोलेरोमा सवार ६ जनालाई उद्धार गरि सामुदायिक अस्पताल मिसन ओखलढुंगामा पठाएको थियो ।

घाईते मध्ये ओखलढुंगा सिद्धिचरण नगरपालिका १ तलुवा का १० बर्षीय युसब कोईराला, ७ बर्षीया युनिसा कोईराला र ओखलढुंगा मानेभञ्याङ १ मोलि का ३० बर्षीय हेम बहादुर मगरको उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको छ भने बोलेरो चालक ओखलढुंगा मानेभञ्याङ १ मोलिका ३० बर्षीय सन्दिप श्रेष्ठ, ४२ बर्षीय देब बहादुर श्रेष्ठ र सिद्धिचरण नगरपालिका १ तलुवा कि २८ बर्षीया लक्ष्मि कोईरालाको मिसन अस्पताल ओखलढुंगामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

स्काभेटर चालक फरार रहेकोले खोजतलास भईरेहको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..