डाक्टरको परीक्षामा नक्कली परीक्षार्थी तीन जना भारतीय पक्राउ

काठमाडौं । चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी एमएस प्रवेश परीक्षामा नक्कली परीक्षा दिने एक युवकसहित तीनलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार गत माघ ८ गते काठमाडौँको एलआरआई स्कुल भएको परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षामा बिचौलियाको रूपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने र परीक्षामा अमर्यादित कार्य गर्नेहरूलाई पक्राउ गरिएको हो ।


पक्राउ पर्नेमा नक्कली परीक्षार्थी बनेका भारतको उत्तर प्रदेश घर भएका ३० वर्षीय जितेन्द्र कुमार मिश्रा, बिचौलिया भारतको विहार घर भएका ३४ वर्षीय शशि भूषण सिंह तथा अमर्यादित कार्य गर्ने विहार नै घर भएका ३२ वर्षीय कृष्णा मुरारी रहेका छन् । उनीहरूमाथि शिक्षा ऐन, २०२८ बमोजिमको कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..