पठाओ राइडरलाई धापाखेल पुर्‍याएर अपहरण लुटपाट गर्ने दुई जना पक्राउ

काठमाडौं । कोटेश्वरबाट पठाओ राइडरलाई धापाखेल पुर्‍याइ अपहरण लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसार पठाओ राइडर २५ वर्षीय प्रविन राईलाई कोटेश्वरबाट धापाखेल पुर्‍याएर अपहरण लुटपाट गर्ने २१ वर्षीय सुमन तामाङ र मिनराज राईलाई पक्राउ गरिएको हो ।


शनिबार राति सुमन तामाङले कोटेश्वरबाट पठाओ बुक गरेर धापाखेल पुर्‍याएका थिए, भने उनका साथी मिनराज राईले पठाओ राइडर राईलाई बन्धक बनाउन सहयोग गरेका अनुसन्धानबाट खुलेको छ ।


धापाखेल पुर्‍याएपछि उनीहरुले पठाओ राइडर राईको मुखमा टेप र हातखुट्टा डोरीले बाँधेर नगद ८ हजार रुपैयाँ र बागमती प्रदेश ०२–०१–००१ प ११६६ नम्बरको मोटरसाइकल लिएर फरार भएका थिए ।आइतबार बिहान उनीहरु दुवै जनालाई बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुममा राइडरको मोटरसाइकल विक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


आज बिहान साढे १ बजे स्थानीयले धापाखेलमा बन्धक बनाइएका राइडर राइलाई हारगुहार गर्दै गरेको अवस्थामा भेटेपछि प्रहरीलाई गरिएको थियो । त्यस्तै प्रहरी टोली घटनास्थल पुगे लगत्तै राइडर राईको उद्दार गरी उपचारका लागि पाटन अस्पताल लगेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..