राप्रपाले कानूनी र राजनीतिक उपचार खोज्ने : अध्यक्ष राजेन्द्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारी बैठकले यही माघ २ गते निर्वाचन आयोगले पार्टीको विधानबाट हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको विषय हटाउन गरेको पत्रका सम्बन्धमा कानूनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ ।


पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको सभापतित्वमा आज बसेको बैठकले पार्टीको विधानमा उल्लेखित झन्डाको मध्य भागमा गाई भएको भन्ने वाक्यांश हटाई अनुसूचीमा उल्लेख गर्न आयोगले दिएको पत्र संविधानको भावना र मर्म विपरीत रहेको ठहर गरेको नेता सुन्दर पाण्डेले जानकारी दिए ।


पार्टीले उपयुक्त समयमा आयोगको पत्रको जवाफ दिने जनाइएको छ । त्यसैगरी, आयोगले सनातन हिन्दूराष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्र संविधान प्रतिकूल रहेकाले संविधानको धारा, २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनकूल हुने गरी उल्लेख गर्न पत्र जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..