नर्स पनि नक्कली


काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले एक महिलाको नर्सिङ लाइसेन्स नक्कली भएको पुष्टि गरेको छ ।काउन्सिलले एक सूचना जारी गर्दै लाइसेन्स जारी भएको साढे सात वर्षपछि एकजना नर्स नक्कली भएको र कारबाहीको लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

काउन्सिलको लाइसेन्स पुनः दर्ताका लागि निवेदन दिएकी रञ्जुकुमारी चौधरीको कागजपत्र अध्ययनका क्रममा अर्केको नाममा रहेको दर्ता नम्बर लिएको पुष्टि भएको छ ।
काउन्सिल रजिष्ट्रार विन्दा घिमिरेले आइतबार जारी गरेको सूचना अनुसार रञ्जुकुमारी चौधरीले ६ जुलाई २०१४ मा लिएको लाइसेन्स नम्बर २६४६८ त्यसभन्दा अघि नै अर्थात् मार्च २०१४ मा अर्कैको नाममा जारी भइसकेको उल्लेख छ ।

पेश गरेको प्रमाणपत्र र दस्तखत पनि काउन्सिलको रेकर्डमा भएको भन्दा फरक देखिएपछि काउन्सिलले रञ्जु दर्तावाल नर्स नभएको अर्थात् नक्कली नर्स भएको भन्दै सूचना जारी गरेको छ ।

चौधरीले पेस गरेको प्रमाणपत्र र सो प्रमाणपत्रमा गरिएको दस्तखतसमेत फरक पाइएकाले काउन्सिलको पुस २८ मा बसेको बैठकले आवश्यक कानूनी कारबाही अगाडि बढाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..