जब युवतीले बिक्रिमा राखिन् आफ्नै लोग्ने !


एजेन्सी । रिसको झोँकमा मानिसले के सम्म गर्दैन ! न्युजिल्याण्डमा एक युवतीले आफ्नै लोग्नेलाई बिक्रि गर्नका लागि अनलाइनमा लिलामीमा राखिन् ।

घरमा सल्लाह नगरीकनै सधै एक्लै घुम्न निस्कने आफ्नो पतिदेवमाथि रिस पोख्नका लागि ती महिलाले लोग्नेलाई अनलाइन लिलामीमा राखेकी हुन् ।

बच्चाको स्कुल विदा भएको समयमा पत्नी र बच्चालाई घरमै छाडेर एक्लै माछा मार्ने रमाइलो सहितको घुमफिरमा निस्किएपछि ती पुरुष आफ्नै पत्नीद्धारा
झण्डै बिक्रि भएका थिए ।

आफ्नै पतिलाई अनलाइन बिक्रिमा राख्ने ती महिलाको नाम लिन्डा म्याक एलिस्टर हो । उनले आफ्नो पति जोन म्याक एलिस्टरलाई अनलाइन किनमेल गर्ने साइटमा लिलामीमा राखिन् ।
त्यसमा उनले आफ्नो पतिको तस्वीरसहित प्रोफाइल तयार गरेर गज्जबको विज्ञापन तयार गरेकी छिन् । जसमा पतिको उमेर ३७ वर्ष, उचाइँ ६ फिट १ इन्च
रहेको र पेशाले किसान रहेको उल्लेख छ ।

पतिका यसअघि पनि धेरैजना मालिक रहेको भन्दै यदि राम्रो खानपिन गराएमा इमान्दार रहने उल्लेख छ । त्यस्तै बिक्रिमा रहेको आफ्नो लोग्नेको विवरणमा प्रयोग भैसकेको उल्लेख गरेकी छिन् ।

सन् २०१९ मा बिहे गरेका लिन्डा र जोनका दुईजना छोरा छन् । तर पत्नी र छोराहरुको उनलाई मतलबै नभएको गुनासो लिन्डाको छ ।

पति बिक्रिमा शीर्षकमा उनले राखेको अनलाइन लिलामीमा खरीदकर्तासम्म नि:शुल्क रुपमा लोग्ने डेलिभरी गरिदिने उल्लेख छ ।

२५ डलर सुरुवाती मूल्य राखिएको जोनको लिलामीमा १२ जनाले बोली लगाए र सबैभन्दा बढी बोली लगाउनेले १ सय डलर तिर्न तयार भए । तर धन्न जोन
म्याएलिस्टर १ सय डलरमा बिक्रि हुनु परेन ।

पछि पतिसँगको समझदारीमा लिन्डाले अनलाइनबाट उक्त विज्ञापन हटाइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..