पर्सा । पर्साको छिपहरमाई गाउँपालिका अन्तर्गत पर्ने भलुवहिया, मिर्जापुर,भेडिहर्वा, टिहुकि, बुढ्गाइ आस्वारी,नाका बाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी हुने क्रम बढेको छ । नेपालभन्दा भारतमा पेट्रोलीयम पदार्थको मुल्य बढी भएका कारण नेपालबाट हुने तस्करीले प्रोत्सान पाएको हो ।
दुई देशबिच इन्धनको मूल्यमा ठूलो अन्तर रहेकाले नेपालको सीमाक्षेत्रमा बसोबास गर्ने धेरै जसो स्थानियहरुले इन्धन तस्करीलाई नै मूल पेशा बनाएका छन् । सिमानाकामा रहेका स्थानीय दुवै प्रशासनको साथ-साथै ईलाका प्रहरी लंगडीका सई रामपुकार शर्माले नजराना बुझी कानमा तेल र आँखामा पटी लगाएकै कारण सो क्षेत्रमा प्रहरी प्रशासनको सामनै ड्रमका ड्रम पेट्रोल र डिजेल तस्करी गरी सीमापारि भारतका विभिन्न बजारमा पुरयाउने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।
निगमले सीमा क्षेत्रका पम्पहरुलाई जेरिक्यान, ग्यालिन वा ड्रममा तेल नदिन भने पनि धोबीनी गाउँपालिका वार्ड नः ४ लंगडीमा रहेको समानी आयल स्टोरले स्थानीय उपभोक्तालाई डिजल र पेट्रोल नदिएर तस्करलाई प्रतिलिटर १ रुपैयाँ ५० पैसा बढी मूल्य थप गरी कालोबजारीमा मागेजति उपलब्ध गराउने गरेको स्थानीयको गुनासो छ।
समानी आयल स्टोरका सञ्चालक परबेज अहमदले धेरै नाफा कमाउने दाउमा दर रेट कायम गरेका नेपाल आयल निगमको धजिया उडाउँदै बलेक भाउमा तस्करहरुलाई मागे जति जर्किन ग्यालीनमा दिएको तेल भारतको बिभिन गाउ सीमावर्ती बजार सम्म पुग्ने गरेको स्रोतले जनाएको छ ।
पेट्रोल र डिजेल तस्करीको विषयमा नेपाली तथा भारितय मिडियाहरुले समेत बारम्बार समाचारहरु लेखिरहेता पनि नेपल–भारत दुवै देशका संयन्त्रहरुले ईन्धन तस्करीलाई रोक्न सकेको छैन् ।


