दशगजामा भारतीय सीमा सुरक्षा बलको सुरक्षा पोष्ट

विराटनगर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजा क्षेत्रमा सुरक्षा पोष्ट खडा गरेको छ । विराटनगर महानगरपालिकाको सिमावर्ती दशगजा क्षेत्र (नो मेन्स ल्याण्ड) मा एसएसबीले सुरक्षा पोस्ट खडा गरेको हो ।विराटनगर महानगरपालिका-१६ दरैया र भारत जोगवनीस्थित टिकुलिया बस्तीबीच पर्ने नो मेन्स ल्याण्डमा सुरक्षा पोष्ट खडा गरेको हो ।

एक महिनाअघि स्थापना गरेको सुरक्षा पोष्टमा २४ सै घण्टा एसएसबीको टोली तैनाथ छ । ‘दशगजा क्षेत्रमा सुरक्षा पोष्ट राख्न मिल्दैन, ‘विराटनगर- १६ का वडा अध्यक्ष मनोज सुब्बाले भने’ यसमा हाम्रो आपत्ति छ, तत्काल सुरक्षा निकायले पहल गरोस् ।’


दशगजामा सुरक्षा पोस्ट बनाएर भारतीय पक्षले नेपालको गतिविधि नियालिरहेको हुनसक्न उनको भनाइ छ । उनले कूटनैतिक रुपमा समस्या पोष्ट हटाउन पहल गर्नुपर्ने बताए ।उनका अनुसार १५-२० दिनअघि भारतीय पक्षले एक पक्षीय रुपमा दशगजा क्षेत्रमा पोष्ट खडा गरेको हो । दुई देशीय सिमानामा कुनै पनि संरचना बनाउन र गतिविधि गर्न नपाइने अन्तर्राष्ट्रिय कानून छ ।


दशगजाको अतिक्रमण हटाउने दुई देशीय सहमतिविपरीत भारतीय पक्षले पोस्ट खडा गरेर गतिविधि गरिरहेको स्थानीयको दाबी छ ।काठ र कर्कटपाताको प्रयोग गरेर संरचना तयार पारेको एसएसबीले दशगजामा बसेर चेकजाँच गर्ने गरेको स्थानीयले बताए । नाकामा एसएसबीले धम्क्याउने र नेपाली नागरिकलाई दुर्व्यवहार गर्ने गरेको स्थानीयको गुनासो छ ।

दशगजामा एसएसबीले पोस्ट बनाएको विषयमा जानकारी आएपछि हटाउनका लागि पहल भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । दशगजा क्षेत्रमा संरचना निर्माण गर्न नपाउने बताउँदै उनले संरचना हटाउनका लागि भारतीय पक्षसँग छलफल गर्ने बताए ।
भारतीय समकक्षीसँग छलफलबाट समस्या सामधान नभए गृह मन्त्रालयमार्फत कूटनैतिक पहल गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..