कोरोनाका कारण फेरि स्थगित भयो कांग्रेसको १६ जिल्लाको अधिवेशन


काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको जिल्ला अधिवेशन पुनः स्थगित भएको छ । कोरोना महामारी तीब्र रुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै कांग्रेसले १६ जिल्लाको जिल्ला अधिवेशन फेरि स्थगित गरेको हो ।कांग्रेसले यसअघि स्थगित भएको १६ जिल्लाको अधिवेशन यही माघ १५ गते गर्ने मिति तय गरेको थियो ।

तर, कांग्रेसको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ती निकालेर गरेर अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला अधिवेशन स्थगित गरेको हो ।


मधेश प्रदेशका ८ जिल्लासहित सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा जिल्ला अधिवेशन हुन बाँकी छ । कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत ६१ जिल्ला अधिवेशन भने यसअगाडि नै गरिसकेको थियो ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘स्वास्थ्य सुरक्षाको जोखिमलाई ध्यानमा राखी २०७८ माघ १५ गते हुने भनिएको उल्लेखित १६ जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचन, नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको २०७८ माघ ०६ गतेको बैठकको निर्णय अनुसार हाललाई स्थगित गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..