स्थानीय तहको निर्वाचन बारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि सर्वदलीय बैठक बोलाएका छन् । पूर्वनिर्धारित समय अनुसार सर्वदलिय बैठक आज बिहन ९ बजे बस्नेछ ।

बैठकमा स्थानीय तहको निर्वाचनबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उपस्थित हुने या नहुने भन्नेबारे टुंगो लागेको छैन। यसअघिको सर्वदलिय बैठकमा भने एमालेले उपस्थिती जनाएको थिएन ।

शुक्रबार सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बसेको थियो । उक्त बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो ।

उता स्थानीय तह निर्वाचनबारे कानुनी अस्पष्टता देखिएको भन्दै सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने बताइएको छ ।

यसअघि सत्ता गठबन्धनमा कानुन अनुसार सबै तहका निर्वाचन सम्पन्न गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..