नेपाली कांग्रेस (वीपी)ले राष्ट्रियता बचाउने अभियान सञ्चालन गर्ने

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्न भन्दै नेपाली कांग्रेस (वीपी)ले राष्ट्रियता बचाउने अभियान सञ्चालन गर्ने भएको छ ।


शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले राष्ट्र र राष्ट्रियता बचाउने अभियानअन्तर्गत माघ ७ गतेदेखि फागुन ७ गतेसम्म सातै प्रदेशमा एक महिने राष्ट्रिय अभियान सञ्चालन गर्ने जानकारी दिएको हो ।


फागुन ७ गते सातै प्रदेशमा सभा गर्ने पनि उसले जनाएको छ । कार्यक्रममा बोल्दै पार्टीका उपसभापति पुष्पराज पराजुलीले देशमा भ्रष्टाचार बढिरहेको उल्लेख गरे । नेपाली भू–भाग लिपुलेकमा नेपालको अनुमति नलिई बाटो बनाउने काम गलत हो र यसलाई रोक्नुहोस् भनेर पनि नेपाल सरकारले भारत सरकारलाई भन्न नसकेको उनको भनाइ छ ।


यसैगरी, पार्टीका वरिष्ठ उपसभापति गोबिन्दप्रसाद शर्माले नेपाली कांग्रेस वीपीको स्थापना र यसको उद्देश्य भनेको नै वीपीले गरेको समाजवादको परिकल्पना पूरा गर्ने रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..