स्रोत नखुलेको ९ लाख ९० हजार नगदसहित २ जना पक्राउ


सप्तरी । सप्तरी प्रहरीले स्रोत नखुलेको ९ लाख ९० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ बस्ने २९ वर्षीय राजेश कुमार चौधरी र शम्भुनाथ नगरपालिका वडा नम्बर १२ बस्ने २४ वर्षीय दिलिप कुमार मण्डल छन् ।

राजविराज नगरपालिका ५ मा प्रदेश नं.२–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकल जाँच गर्दा रकमसहित चौधरी र मण्डललाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले बताए ।


दुवैलाई उक्त रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..