राष्ट्रियसभा चुनाव : मधेश प्रदेशमा नेकपा एमाले–लोसपा गठबन्धन

काठमाडौं । मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले गठबन्धन गरेको छ।नेकपा एमाले र लोसपाले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन गरेको जानकारी दिएका हुन्।

दुवै दलबीच महिला समूहको उम्मेदवार लोसपालाई दिने र अन्य समूहको उम्मेदवार एमालेलाई दिने सहमति भएको छ।नेकपा एमालेका सचिव रघुवीर महासेठले आफ्नो पार्टी सरकारमा हुँदा मधेशको विकासको लागि काम गरेको दाबी गरे।उनले लोसपासँग मिलेर काम गर्न पाउँदा खुशी लागेको बताउँदै सरकारमा मधेशी जनताको हक अधिकारको कुरा र एजेण्डा उठाउने बताए।

सचिव महासेठले भने, ‘लोसपासँग मिलेर सरकारले काम गर्दा मधेश प्रदेशमा धेरै राम्रा विकासका काम गरेको थियो। हामीले सरकारमा रहँदा मधेशको जनताका एजेण्डा साथमा लिएर अघि बढेका थियौँ।’त्यस्तै लोसपाका नेता जितेन्द्र सोनलले एमालेसँग सहकार्य गरेर मधेशको भावनाको, उत्पीडनमा परेका मानिसहरूको, आदिवासी, दलित, जनजाति, मधेशीलगायत सबैको भनाइ सरकारमा लैजाने बताए।

उनले एउटा धारणाअनुसार सरकार सञ्चालन हुनुपर्ने तर्क गरे।नेता सोनलले भने, ‘सरकार सञ्चालन गर्दा सबैको एउटा धारणाअनुसार सरकार सञ्चालन गरिनुपर्छ। लोसपाले मधेशको भावनाको, उत्पीडनमा परेका मानिसहरूको, आदिवासी, दलित, जनजाति, मधेशी, महिला, मुस्लिम, थारुहरूको भावनाको सम्मान गरेको थियो।

यहाँदेखि हामीले केन्द्रसम्म कुरा उठाइरहेका छौँ। त्यसका लागि हामी सहयात्री खोजिरहेका छौँ।’उनले मधेसको जनताको अधिकारका लागि आफ्नो पार्टी गम्भीर रहेको दाबी पनि गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..