धरान । धरानमा कोविड–१९ को ओमिक्रोन भेरियन्ट व्यापक हुन थालेकाले महामारी बाट सुरक्षीत रहन अनिवार्य रुपमा मास्क लगाउन, स्यानिटाइजरको प्रयोग, साबुन पानीले पटक–पटक हात धुन, सामाजिक दुरी कायम राख्न धरान उपमहानगरपालिका मेयर तिलक राईले नगरबासीहरुलाई अपिल गरेका छन् ।
कोरोना भाइरसको तेस्रो भेरियन्ट पछिल्लो समय धरानमा तीब्र गतिमा बढिरहेको जनाउँदै यसबाट बच्नका लागि मंगवार मेयरले विज्ञप्ती जारी गदर्इै नगरबासीमा सचेत र सजग रहन अपिल गरेका हुन् । कसैमा कोरोना संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखिएमा वा शंका लागेमा पिसिआर÷एन्टिजेन विधिबाट परिक्षण गराउन पनि आग्रह गरेका छन् ।
अत्यावश्यक काम परे मात्रै घर बाहिर निस्किन र निस्कनै परे अनिवार्य नाक मुख चिउडो छोपिने गरी मास्क र स्यानिटाइजरको प्रयोग गर्नुका साथै साबुन पानीको प्रयोग गरि पटक–पटक हात धुन तथा सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर मात्रै निस्कन, सार्वजानिक स्थलहरुमा भिडभाड नगर्न विज्ञप्तीमा आग्रह गरिएको छ ।
कोभिड सम्बन्धी लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्था वा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा सम्पर्क गर्न मेयर राईले नगरबासीहरुमा अनुरोध गरेका छन् । कोभिड १९ बाट धरानलाई जोगाउन आ–आफ्नो स्थानबाट महत्वपुर्ण भुमिका निर्वाह गर्न नगरबासीमा आग्रह गरिएको छ ।


