वीरगंजले एक साताको लागि बन्द गर्‍यो लिखित र ट्रायल

वीरगंज। यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखा वीरगंजले एक साताको लागि सेवा बन्द गरेको छ। केही कर्मचारीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग मिल्दोजुल्दो लक्षण देखिएपछि शाखाले सेवा बन्द गरेको हो।

बिहीवार सूचना जारी गर्दै माघ ७ गतेदेखि १४ गतेसम्मको लागि लाइसेन्स नविकरण, प्रतिलिपि, कार्ड वितरण र कार्यालयको आन्तरिक काम वाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जानकारी गराएको छ।


कार्यालय प्रमुख सुशील साहले कोरोना भाइरसको संक्रमण दर पनि बढिरहेको अवस्थालाई मध्यनजर गर्दै सेवा बन्द गरिएको र सो अवधिमा लाइसेन्सको लिखित एवं ट्राइलसँगै अन्य काम पनि बन्द गरिएको बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..