वीरगंजले एक साताको लागि बन्द गर्‍यो लिखित र ट्रायल

वीरगंज। यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखा वीरगंजले एक साताको लागि सेवा बन्द गरेको छ। केही कर्मचारीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग मिल्दोजुल्दो लक्षण देखिएपछि शाखाले सेवा बन्द गरेको हो।

बिहीवार सूचना जारी गर्दै माघ ७ गतेदेखि १४ गतेसम्मको लागि लाइसेन्स नविकरण, प्रतिलिपि, कार्ड वितरण र कार्यालयको आन्तरिक काम वाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जानकारी गराएको छ।


कार्यालय प्रमुख सुशील साहले कोरोना भाइरसको संक्रमण दर पनि बढिरहेको अवस्थालाई मध्यनजर गर्दै सेवा बन्द गरिएको र सो अवधिमा लाइसेन्सको लिखित एवं ट्राइलसँगै अन्य काम पनि बन्द गरिएको बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..